काठमाडौं। जादूगर द ग्रेट सुशीलको दुःखद निधन भएको छ। जादूगर द ग्रेट सुशीलका सुपुत्र सुमन चक्रवतीले दिएको जानकारी अनुसार सोमवार लाहानमा जादूगर द ग्रेट सुशीलको ७७ बर्षको उमेरमा दुःखद निधन भएको हो।

सानो उमेरदेखि नेपालमा जादू देखाउदै आएका जादूगर द ग्रेट सुशील जादू देखाउने क्रममा केही दिनअघि मात्र काठमाडौंवाट लाहान पुगेका थिए। लाहानको होटलमा जादूगर सुशीलको निधन भएको जानकारी पनि जादूगर सुपुत्र सुमनले दिएका छन् ।

केही महिनाअघि मात्र देंगुका कारण विरामी भएका जादूगर सहज भएपछि नियमित जादूकला देखाउने कार्यमा लागेका थिए। जादूगर सुशीलको शवलाई मंगलवार विहानसम्म काठमाडौंमा ल्याएर दाहसंस्कार गर्ने जानकारी पनि सुमनले दिएका छन्।

प्रकाशन मिति–२०७९ साल फागुन ८ गते सोमवार ।