japan-earthquakeकाठमाडौ। जापानको पूर्विय तटीय शहरमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ। ६.४ रेक्टर स्केलको भूकम्प जापानको स्थानिय समय अनुसार शुक्रबार विहान ९ बजेर १४ मिनेट जांदा गएको अन्तरराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

यस भूकम्पले के कति धन–जन तथा भौतिक क्षति भएको भन्ने बारेमा कुनै विवरण प्राप्त नभएको पनि सोही समाचार संस्थाले भनेको छ। जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा सन् २०११ को मार्च आएको ९.० म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछिको सुनामीमा परी कम्तीमा १८ हजार व्यक्तिको मृत्यु भएको थियो।

गत अप्रिलमा दक्षिण जापानी सहर कुमामोतो प्रान्तमा आएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको थियो।
प्रकाशन मिति–२०७३ साल असोज ८ गते शनिवार ।