Japan ma Nepali Footbalकाठमाडौ। जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार तेस्रो हार बेहोरेको छ। भ्रमणको पाँचौ खेलमा नेपाली टोली शनिबार भिसेल कोबेको १८ वर्ष मुनीको टोलीसँग ४–२ को हार बेहोरेको हो। नेपालका लागि बिमल घर्ती मगर र भरत खवासले गोल गरेका थिए।

यसअघि नेपाल जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले तथा हनाम विश्वविद्यालयको टोलीसँग ६–० ले पराजित भएको थियो। एसिया कप छनोटमा ताजकिस्तानविरुद्ध हुने खेलको अन्तिम तयारीका लागि जापान पुगेको नेपाली टोलीले पहिलो खेलमा भने गाम्बा ओसाका २३ वर्ष मुनीको टोलीसँग १-१ को बराबरी खेल्दा क्वान्सी ग्वाक्विन विश्वविद्यालयलाई २–१ ले हराएको थियो।

नेपालले ताजकिस्तानविरुद्ध भदौ २० गते घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ। गत चैतमा फिलिपिन्ससँग ४–१ ले पराजित भएको नेपालले जेठमा यमनसँग गोलरहित बराबरी खेलेको थियो।
प्रकाशन मिति–२०७४ साल भाद्र ३ गते शनिवार ।