टोकियो। जापानमा फेरि शक्तिशाली भूकम्प गएको छ। जापानको कुरायोसी केन्द्र भएर शुक्रबार शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजीकल सेन्टरले जनाएको छ। ६.२ रेक्टर स्केलको भूकम्प गएको भए पनि तीब्रता ७ रेक्टर भन्दा माथिको महशुस भएको जनाएको छ। जापानमा बिहीबार पनि ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो।

japan-earthquake

भूकम्पका दुई ठूला धक्का महसुस भएसँगै सुनामीको चेतावनी दिइएको छ। जापान मेटेरोलोजिकल एजेन्सीले भने ६.६ रेक्टरको भूकम्प गएको जनाएको छ। स्थानीय समय अनुसार २ बजेर ७ मिनेटमा भूकम्प गएको हो । भूकम्पपछि शिंकनसेन रेलसेवा अवरुद्ध हुन पुगेको छ। ओसाका र हाकाता स्टेशनबीच सान्यो शिंकनसेल क्षेत्रका सबै रेल सेवा अवरुद्ध भएका छन्।
समाचार एजेन्सीको सहयोगमा
प्रकाशन मिति–२०७३ साल कात्तिक ६ गते शनिवार ।