काठमाडौ। आषाढ शुक्ल पूर्णिमा आज अर्थात गुरु पूर्णिमा। गुरुबर्गलाई पूजा तथा सम्मान गर्ने दिन हो। आजकै दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने कार्य समेत गर्ने र गराउने गरिन्छ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ।

पहिलो गुरु माता पिता अनि आफूलाई शिक्षादिक्षा दिने गुरु हो। त्यसकारण पहिला माता–पिताको पूजाआजा गरेर शिक्षादिक्षा दिने गुरुलाई पूजा गर्ने गरिन्छ।

गुरु पूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरिन्छ।
प्रकाशन मिति–२०७५ साल साउन ११ गते शुक्रबार ।