Turkey Bom Blastकाठमाडौ । टर्कीमा एउटा विवाह समारोहनजिक गराइएको आत्मघाती विष्फोटमा २२ जना मारिएका छन्। गाजिआनटेप शहरमा विवाह समारोह स्थान नजिकै गराइएको विष्फोटमा ९४ जना घाइते भएका छन् । यो आतंकवादी आक्रमण भएको टर्की सरकारले जनाएको छ।

सिरियाको सीमादेखि करीब ६४ किलोमिटर टाढा रहेको यस शहरमा मूख्य गरी कुर्दिस रहने गर्दछन्। यसअघि मे मा गराइएको आत्मघाती आक्रमणमा दुई प्रहरी मारिएका थिए। टर्कीका पछिल्लो समय पृथकतावादी कुर्द लडाकू र आईएसबाट बारम्बार आक्रमण हुने गरेको छ।(एजेन्सी)
प्रकाशन मिति–२०७३ साल भदौ ५ गते आइतवार ।