काठमाडौ। यो एक बर्षमा नेपालवाट २ सय ८१ जना विदेशी नागरिकलाई विभिन्न कसुरमा निष्कासन गरिएको छ। नेपाल सरकार गृह मन्त्रालय अध्यागमन विभागका अनुसार आर्थिक बर्ष २०७२–०७३ मा निष्कासनमा पर्नेमध्ये २ सय ३६ जना अध्यागमन संवन्धी अपराध र बाँकी ४५ जना अन्य विभिन्न किसिमका फौजदारी अपराधमा संलग्न भएका छन्।

नयाँ पत्रिका दैनिकका अनुसार निष्कासनमा पर्नेमा सवैभन्दा बढी चीनिया नागरिक रहेका छन्। उनीहरु डलर तस्करी तथा ओभरस्टे गरेर बसेका बढी परेका छन्। लागुऔषध, ठगी, तस्करी, यौन दुराचारसम्बन्धी मुद्दामा जेल परेका ४५ जनालाई पनि जेलबाट छुटेपछि निष्कासन गरिएको छ।

Home_minister

यस्तो मुद्दाका विदेशीलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन हुने गरेको छ । त्यस्तै, अध्यागमनसम्बन्धी अपराधमा संलग्नलाई भने एक वर्ष आउन नपाउने गरी निष्कासन हुने गरेको छ। प्राय: अवैध गतिविधिमा संलग्नहरू अध्यागमन अवधि नाघेर बस्ने गरेका छन् । धेरै चिनियाँ नागरिक नेपालमा पर्यटक भिसामा बिजिनेस गरेर बस्ने र एक वर्षमा पाँच महिना मात्र बस्ने पाइनेमा धेरै बस्ने गरेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने बताउँछन्।

अहिले पनि अध्यागमनको हिरासतमा नौ विदेशीलाई निष्कासनका लागि राखिएको छ। जसमध्ये एक रसियन नागरिकको नामसमेत खुलेको छैन । उनीसँग कुनै कागजपत्रसमेत नभेटिएको एक अधिकारीले बताए।
प्रकाशन मिति–२०७३ साल भदौ ४ गते शनिवार ।