काठमाडौ। काभ्रेको बिर्ता देउरालीको भीरमा सोमवार भएको भयानक दुर्घटनाग्रस्त बसको बस चालकको सवारी अनुमति पत्र (लाइसेन्स) नै नक्कली भएको तथ्य खुलासा भएको छ। सिंहदरवार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटना बढेपछि सरोकारवालासंग गरिएको छलफलमा मन्त्रालयले बस चालकको लाइसेन्स नक्कली भएको किटान गरिएको हो।

Nakkali Licence

बस चालकले प्रयोग गरिएको लाइसेन्सको नंवर यातायात व्यवस्था कार्यालयवाट अर्कैको नाममा जारी भएको रेकर्डवाट फेला परेको प्रारम्भिक अनुसन्धानवाट पत्ता लागेको मन्त्रालयले जनाएको छ।

पानी परेको समय, कच्ची उकाले भीरको बाटो भए पनि क्षताभन्दा तीन दोव्वर भारवहन र चालकको लापरबाहीकै कारण दुर्घटना निम्तिएको सरकोकार वालाको निष्कर्ष रहेको छ। वा ३ ख १०६ नम्बरको यात्रुबस सोमबार दिउँसो दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो।
प्रकाशन मिति–२०७३ साल भदौ १ गते बुधवार ।