Belayati Yubatiसिरिया। इस्लामिक स्टेट (आईएस)मा आबद्ध हुन गएका तीन बेलायती युवतीमध्ये एक जनाको सिरियामा मृत्यु भएको छ। गत वर्ष बेलायतबाट भागेर सिरियाको आईएससँग आबद्ध हुन गएकामध्ये एक जनाको रुसले गरेको हवाई आक्रमणका क्रममा मृत्यु भएको दाबी सिरियाली सरकारले गरेको छ।

१६ बर्षीया कादिजा सुल्ताना सिरियाको रक्का शहरमा गरिएको हवाई आक्रमणमा मारिएको उनका निजी वकिलले पुष्टि गरेका छन् । कादिजा सुल्तानासहित अन्य दुईजना बेलायती युवती टर्की हुँदै सिरिया पुगेका थिए । उनीहरुलाई फर्काउन परिवारजन र बेलायत सरकारले प्रयास गरिरहेको थियो। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल साउन २८ गते शुक्रबार ।