काठमाडौं। टर्कीमा सोमबार बिहानै एकपछि अर्को गरी दुई शक्तिशाली भूकम्प गएको छ। टर्की र यसको छिमेकी मुलुक सिरियामा भूकम्पका कारण अहिलेसम्म १२ सय भन्दा बढीको मृत्यु भएको भइसकेको छ। बीबीसीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

टर्कीको दक्षिणमा सिरियाली सीमा नजिकै स्थानीय समयानुसार बिहान ४ः१७ बजेमो समयमा ७.८ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ। त्यसपछि टर्की सरकारले आपतकालको घोषणा गरेका छन्।

पहिलो झट्काको केही मिनेटपछि अर्को एउटा शक्तिशाली झट्का महसुस गरियो। टर्की विपद् व्यवस्थापन एजेन्सीले पूरा इलाकामा एकपछि अर्को गरी ४० भन्दा बढी पराकम्प महसुस गरिएको छ ।

टर्कीसमेत लेबनान, सिरिया, साइप्रस, इजराइल र प्यालेस्टाइना पनि भूकम्पको झट्का महसुस गरिएको छ।

प्रकाशन मिति–२०७९ साल माघ २३ गते सोमवार ।