ललितपुर। केही बर्षदेखि नेपालमा मनाउंदै आएको टोपी दिवसको अवसरमा सौन्दर्य कला व्यवसायी संघ काठमाडौं जिल्ला कमिटीको आयोजनामा सामाजिक सेवा भएको छ। ललितपुरको गोदावरी टौखेल स्थित आशिष होममा आश्रित अनाथ तथा गरीब बाल–बालिकाहरुलाई नगद तथा जिन्सी खाद्य सामाग्री प्रदान गरेर सहयोग दिने कार्य भएको हो।

टोपी लगाएरै कमिटीकी अध्यक्ष देवकी श्रेष्ठको अगुवाईमा गएको सहयोग वितरण कार्यक्रममा कमिटीकी उपाध्यक्ष रुवि श्रेष्ठ, सचिव शर्मिला मुनिकार लगायतका पदाधिकारीहरु पुगेका थिए।

उनीहरुले त्यहाँ रहेका बालबालिकाहरुसंग निक्कै नै रमाइलो गरेर ती बालबालिकाको मन खुश बनाइदिएको गायक तथा सामाजिक अभियन्ता राजेन्द्र डंगोलले भिजन संसार डटकमलाई बताएका छन्।

अभियन्ता डंगोलका अनुसार सौन्दर्य कला व्यवसायी संघ काठमाडौं जिल्ला कमिटीले यसप्रकारका कार्यहरु बर्षेनी यसरी नै गर्दैआएको छ।


प्रकाशन मिति–२०७५ साल पुष १८ गते बुधवार ।