काठमाडौं। विश्व कीर्तिमानी नेपाली सर्जक डाक्टर डीआर उपाध्यायले अर्को विश्व रेकर्ड कायम गरेका छन्। गीत–संगीत तथा विभिन्न विधामा गरेर हालसम्म ५१ विधामा विश्व रेकर्ड राखिसकेका डाक्टर डीआर उपाध्यायले अर्को विश्व रेकर्ड कायम गरेका हुन्।

एकैदिन ३६ वटा राष्ट्रिय दैनिकहरुमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड कायम गरेको हो। जसको आधिकारिक प्रमाण–पत्र प्रधानमन्त्री शेरवहादुर देउवाले डाक्टर उपाध्यायलाई सोमवार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रदान गरिएको छ।

डाक्टर उपाध्यायले नेपालमा भएका विभिन्न दैनिकमा २०७८ साल असार १५ गते मंगलबार तदनुसार २९ जुन २०२१ का दिन ‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा १ हजार ५१ शब्दको लेख ३६ राष्ट्रिय दैनिकमा प्रकाशित गरेर विश्व रेकर्ड राखेका थिए।

यसअघि यो विश्व रेकर्ड बेलायतका क्रिस जिगरको नाममा रहेको थियो । जिगरले क्यान्सर जागरुकताका बारेमा लेख प्रकाशित गरेका थिए । उनका १९ राष्ट्रिय दैनिकमा लेख प्रकाशित भएको थियो। जिगरले कायम राखेको रेकर्डलाई डाक्टर उपाध्यायले तोडेर नयाँ विश्व रेकर्ड कायम गरेका हुन्। जुन नेपाल र नेपालीका लागि गौरबताको विषय बन्न पुगेको छ।

प्रकाशन मिति–२०७८ साल साउन ३२ गते सोमवार ।