काठमाडौं। जाति, धर्म तथा राजनीतिवाट माथि उठेर विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबलको अमेरिकाको साउथ क्यारोलाइना राज्यको लागि डाक्टर रामचन्द्र बराललाई कन्सुलरमा नियुक्त गरेको छ। अमेरिका स्थित हामी नेपाली ग्लोबलको केन्द्रिय कार्य समितिले डाक्टर बराललाई अमेरिकाको साउथ क्यारोलाइना राज्यको कन्सुलर पदमा नियुक्त गरेको हो।

डाक्टर अमेरिकाको विभिन्न विश्वविद्यालय र कलेजहरूमा अध्यापन गर्ने क्रममा हाल साउथ क्यारोलिनाको बेनेडिक्ट कलेजमा अध्यापकको रुपमा कार्यरत छन् । डाक्टर बरालले नेपालको त्रिभुवन विश्वविद्यालयमा मेचीदेखि महाकालीसम्मका विभिन्न क्याम्पसमा प्राध्यापन गरिसकेका छन्। डाक्टर बरालका मनोविज्ञान, विशेष शिक्षा, शैक्षिक मनोविज्ञानको क्षेत्रमा पनि धेरै पुस्तक र लेख प्रकाशित छन्।

विभिन्न उच्च पुरस्कारवाट पुरस्कृत डाक्टर बराल पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हातवाट २०१८ मा स्वर्ण पुरस्कारबाट सम्मानित बनिसकेका छन्। उनी नेप्लिज एशोशिएसन इन साउथ इस्ट अमेरिका (नासा)का पूर्ब अध्यक्ष पनि हुन्। नेपाली डायस्पोरा स्थित समुदायको विकासमा सक्रिय रहेका डाक्टर रामचन्द्र बराललाई सम्मान स्वरुप कन्सुलरको पदमा मनोनित गरेको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले वताएका छन्।


प्रकाशन मिति–२०७७ साल माघ १८ गते आइतवार ।