काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा बोर्डको सोमबारको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको हो।

बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिका भन्दा ढिला गरी मंसिरमा र संक्रमित परीक्षार्थीहरुको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो ।
परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २७१ जना सहभागी भएका थिए। जसमा आंशिकतर्फ १ जनाको परीक्षा रद्द गरिनुका साथै कुल ११ हजार ४९० जनाको परीक्षा स्थगित गरिएको छ।

कक्षा १२ को नतिजा सार्वजनिक भएपछि फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा अभिभावकहरुले आफ्ना सन्तानको सफलताको खुशीलाई शेअर गर्ने कार्य भैरहेको छ।

यसक्रममा ख्यातिप्राप्त व्युटी एक्सपर्ट रुश्का बैद्य श्रेष्ठ तथा यातायात व्यवसायी रविभक्त श्रेष्ठकको सुपुत्री ख्यातिप्राप्त मोडल रुविश्का श्रेष्ठको फोटो पनि सार्वजनिक भएको छ। रुविश्काले कक्षा १२ को परीक्षामा ए–ग्रेडमा पास भएको खुशीयालीमा रुविश्काकी आमा रुश्का तथा बुवा रविभक्तले फेसबुक मार्फत खुशी सार्वजनिक गरेका छन्।

प्रकाशन मिति–२०७७ साल माघ १९ गते सोमवार ।