ललितपुर । नेपालका वाङ्गमय शताब्दी पुरुष डाक्टर सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले मरणोप्रान्त आफ्नो शरीर दान गर्ने घोषणा गरेका छन्।

नइ प्रकाशनले ललितपुर महानगरपालिकामा शुक्रबार गरेको कार्यक्रममा जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्यनका लागि आफ्नो शरीर दान गर्ने घोषणा गरेका हुन।

आफ्नो दीर्घजीवन र आफ्नो उर्जाका बारेमा अनुसन्धान गर्नसके चिकित्सा विज्ञान अध्ययनका लागि सहयोगी हुन सक्ने डाक्टर जोशीले बताएका छन्। डाक्टर जोशी दम्पतीले मृत्युपछि भौतिक शरीर ललितपुरको किष्ट मेडिकल कलेजलाई प्रदान गर्ने घोषणा गरेका हुन।

किष्ट मेडिकल कलेजलाई शरीर दिइएको मन्जुरी पत्रमा जोशी दम्पतीसहित छोरा अनुजराज जोशीको समेत हस्ताक्षर रहेको छ ।


प्रकाशन मिति–२०७७ साल माघ ३० गते शुक्रवार ।