ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ आफैं डेंगु रोग विरुद्ध फोरगन मेशिन वोकेरै एक्शनमा उत्रिएका छन्। ललितपुर महानगरपालिका वडा नंबर ५ का वडावासीलाई डेंगु रोगवाट बचाउनका लागि फोरगन मेशिन वोकेरै अध्यक्ष श्रेष्ठ एक्शनमा उत्रिएका हुन।

शनिवार दिनभर जस्तो अध्यक्ष श्रेष्ठ वडा नंबर ५ का विभिन्न स्थानमा आफै पुगेर फोरगन मेशिनमा डेंगु रोगको संक्रमण बढाउने लामखुट्टे नाशक औषधि फोरगन मेशिनवाट छर्ने कार्य भएको छ। वडावासीलाई डेंगु रोगवाट बचाउन वडा अध्यक्ष श्रेष्ठ आफै एक्शनमा उत्रिएर अहोरात्र कार्य गरेवाट ललितपुर महानगरपालिका वडा नंबर ५ वडावासीले अध्यक्ष श्रेष्ठको दिल खोलेर तारिफ गरेका छन्।

ललितपुर जनस्वास्थ्य कार्यालयको पनि यस कार्यमा सहयोग रहेको वडा अध्यक्ष श्रेष्ठले वताएका छन्। कोभिड–१९ को दुई बर्ष लामो महामारीका दिनहरुमा पनि यसरी नै वडा अध्यक्ष श्रेष्ठले कोभिड विरुद्धको औषधि छर्ने कार्यमा यसरी नै फोरगन मेशिन वोकेर वडाका प्रत्येक स्थानमा पुगेर सेवा प्रदान गरेका थिए।

प्रकाशन मिति–२०७९ साल भाद्र ११ गते शनिवार ।