–सुषमा महरा

काठमाडौं। तिहार नेपालीहरुको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व काग तिहार देखि शुरु भएर भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ।

अझ यस पर्वको अर्को रौनकता हो–नेवारहरुको म्ह–पूजा र नेपालको सबै भन्दा पुरानो मौलिक सम्वत नेपाल सम्वत यो चाडसंगै जोडिएकोले तिहारलाई अझ रमाईलो बनाईदिएको छ। साथै, तराई मधेशमा मनाईने छठ पर्व समेत जोडिएकोले यस समयले विशेष महत्व बोक्दै आएको छ।

यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो। यही दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ। यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ।

त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ। यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पूजा गरिन्छ। पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरिन्छ। तसर्थ पनि यस समयमा विशेष खालको रौनकता छाउने गर्दछ।

तिहारको लागि व्युटी टिप्स–
तिहारसंगै चिसो मौसमको समेत आगमन हुने भएकाले स्कीनहरु ड्राई हुन शुरु भएको हुन्छ। त्यसै अनुरुप हामीले मेकअप गर्दा फुस्रो नदेखिने तरिकाले मेकअप गर्नुपर्दछ।

चिसो मौसममा रातिपनि हामीले छालको फुस्रो पन हटाउनको लागि स्कीन भिटामिन, मस्चराईजर र ब्यालेन्सीङ क्रिम प्रयोग गर्नु पर्दछ। यसरी राति प्रयोग गरेको क्रिमले दिनमा गरिने मेकअप फुस्रो नदेखिन धरै सहायता गर्दछ।

यसरी गरिने मेकअप लामो समयसम्म टिकाउ पनि रहन्छ। चाडवाडको वेलामा हेयर स्टाईल बनाउदा कपाल अनुहार तथा घाटीतिर आएर नअल्झाउने किसिमले गर्नु उपयुक्त हुन्छ। यस चाडको बेलामा पूजा–पाठ समेत गरिने भएकोले यस्तो बेलामा मेकअपहरु गर्दा रातो चिज लाई ध्यानमा राखेर गर्दा उत्तम हुनेछ।
(लेखक सुषमा महरा बीग विजनेस वुमन तथा बरिष्ठ सौन्दर्यविज्ञ हुनुहुन्छ।)
प्रकाशन मिति–२०७६ साल कात्तिक ८ गते शुक्रवार ।