–रिंकु बज्राचार्य श्रेष्ठ
काठमाडौं। मानिसको जीवनमा दाँतको अत्यन्त महत्व रहेको छ। दाँत विहिन जीवनको महत्व नहुने मात्र नभइकन जीवनको स्वाद पनि नहुने यथार्थता छ। अर्कोतर्फ, दाँत सामान्य रुपमा मात्र दुखेमा पनि शरीरका अनेक भागमा असर पार्ने भएकोले दाँतलाई स्वस्थ राख्न अत्यन्त अनिवार्यता रहेको आवश्यकतालाई महशुश गरिएको छ।

यसै महशुशलाई मध्यनजर दाँत तथा दाँतको महत्व र यसको उपचार संवन्धमा भर्चुअल अनलाइन कार्यक्रम भएको छ। भारतको नोयडा स्थित शारदा युनिभरसिटी स्कूलको स्कूल अफ डेन्टल साईन्सको डिपार्टमेन्ट अफ पव्लिक हेल्थ डेन्ष्ट्रीको आयोजनामा अनलाईन डेन्टल कार्यक्रम भएको हो। प्रयास नाम राखिएको उक्त कार्यक्रमलाई नेपालको रेन्बो किड्स ईन्टरनेशनल प्रिस्कूलले सहकार्य गरेको थियो।

अन्तराष्ट्रियस्तरका शिक्षक तथा डेन्टिष्ट विद्यार्थीहरुका लागी विशेष जानकारी र उपयोगीताका लागी आयोजना गरिएको उक्त भर्चुअल कार्यक्रममा नेपाल तथा भारतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो। जसमा नेपालका ख्यातिप्राप्त हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठको समेत सहभागिता रहेको थियो।

शारदा युनिभर्सिटि अफ कलेजका अध्यक्ष डा. एम सिद्धार्थको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा कलेजकै बिशिष्ठ शिक्षक डा.स्वाती शर्मा तथा डा.साहिल ठकर विशेष वक्ताका रुपमा रहेका थिए । स्कूलका शिक्षक शिक्षिकालाई समेत उपयोगी रहेको कार्यक्रममा दन्त स्वास्थ्य सम्बन्धि विभिन्न जानकारी अतिथी वक्तका रुपमा रहेका डा.कैलाश असवा तथा प्रनिता सापकोटाले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको मुख्य उदेश्य स्कुलका शिक्षक र बिद्यार्थीहरुलाई दन्त समस्याको सतर्कता अपनाउने तरिका सिकाउनु नै रहेको थियो। वर्तमान कोरोना महामारीमा आयोजक शारदा युनिभर्सिटी स्कुल अफ डेन्टल साइन्सका शिक्षक र त्यहाँ इन्र्टन गर्दैगरेकी नेपालका बिद्यार्थी डा. रिया दुवाल श्रेष्ठबाट पनि अनलाइन मार्फत दन्त स्वास्थका बारेमा धेरै कुराहरुको जानकारी दिएका सहभागीहरुले वताएका छन्।


प्रकाशन मिति–२०७७ साल कात्तिक २३ गते आइतवार ।