काठमाडौ। २३ बर्षअघि नै चर्चाको शिखरमा रहेको गीतको बल्ल म्युजिक भिडियो निर्माण भएको छ। २३ बर्षपछि बल्ल दिग्गज गीतकार भरत बमजनको गीत बैगुनी रैछौ मायालुको म्युजिक भिडियो निर्माण भएको हो।

लोकप्रिय गायक राजेश पायल राईको गायन तथा संगीतकार बसन्त मुकारुङको संगीत रहेको यस गीतको भिडियो बेजोड नै बनेको छ। यस कालजयी गीतको भिडियोमा नायक श्रीदेव भट्टराई र नायिका बर्षा चौलागाइको साथमा संचारकर्मी पुरुषोत्तम नेपाली सानुको बेजोड अभिनय रहेको छ।

जसको निर्देशन नेपाल टेलिभिजनका चर्चित सञ्चारकर्मी दीपक समिरले गरेका छन्। समिरको यो म्युजिक भिडियो निर्देशनको पहिलो भिडियो नै भएको गीतकार बमजनले भिजन संसारलाई भनेका छन्। ललितपुरको सुन्दर छटाले भरिपूर्ण स्थान लेलमा यस भिडियोको संपूर्ण छायाँकन भएको हो।

फरक कथा तथा अत्याधुनिक प्रविधिका साथमा तयार भएको यस कालजयी गीतको भिडियो सवै दर्शकले मन पराउने दावी निर्देशक समिरको रहेको छ। म्युजिक भिडियोको हाल धमाधम सम्पादन कार्य भैरहेको र चाँडै नै रिलिज हुने जानकारी गीतकार बमजनले दिएका छन्।


प्रकाशन मिति–२०७५ साल जेठ १९ गते शनिवार ।