ललितपुर। राष्ट्रिय संगीतकर्मी संघ ललितपुर शाखाको आयोजनामा ललितपुरमा भव्य सांगीतिक कार्यक्रम संपन्न भएको छ। ललितपुरको चुनिखेलस्थित चुनीदेवी मन्दिर मैदानमा भव्य सांगीतिक कार्यक्रम भएको हो।

शनिवार आयोजित उक्त कार्यक्रममा नेपालका एक से एक लोकदोहरी गायक–गायिका तथा विभिन्न कलाकारहरुको बेजोड गायन तथा क्यारिकेचर प्रस्तुत भएको थियो।

राष्ट्रिय संगीतकर्मी संघ ललितपुर शाखाका अध्यक्ष धनीराम मुस्कानको सभापतित्वमा भएको भव्य कार्यक्रममा नेपालका ख्यातिप्राप्त फोटोग्राफर तथा सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीका प्रोप्राइटर च्याङ्बा लामालाई योगदानको कदर स्वरुप सम्मान गरिएको छ।

साथमा राष्ट्रिय संगीतकर्मी संघको चौथो केन्दिंय महाधिवेशनवाट निर्वाचित केन्द्रिय पदाधिकारीहरुलाई पनि विशेष सम्मान प्रदान गरिएको छ।


प्रकाशन मिति–२०७५ साल जेठ १९ गते शनिवार ।