काठमाडौ। काठमाडौवाट प्रसारित मेट्रो ट्राफिक एफएम ९५.६ मेगाहर्जमा कार्यरत चर्चित संचारकर्मी पुरुषोत्तम सानुले गीतकारको पनि परिचय राखिसकेका छन्।

संचारकर्मी सानुका गीतहरु धमाधम रेकर्ड हुन थालेको छ। यस क्रममा तिमी आकाशको तारा बोलको गीतको रेकर्ड भएर म्युजिक भिडियो पनि निर्माण भएको छ। जसको विश्वभर एकसाथ युट्युबबाट रिलिज भैसकेको छ।

चर्चित गायक मिङ्मा शेर्पाको गायन तथा सुरज शाही ठकुरीको संगीत रहेको यस गीतको भिडियोलाई छोटो अवधिमा धेरैले मन पराइदिएको छ। यस गीतको भिडियोमा संचारकर्मी गीतकार सानु आफै नायक भएर अभिनय गरेका छन्।

साथमा मिस टिन नेपाल २०१२ की सुन्दरी आश्मा घिमिरेले नायिकाको भूमिकामा स्वभाविक अभिनय गरेकी छन्। साथमा निशा जोशी, निश्चल कार्की, सक्षम सुवेदीको पनि अभिनय छ । निर्देशन उज्ज्वल जोशीको रहेको छ।

प्रकाशन मिति–२०७५ साल जेठ १९ गते शनिवार ।