ललितपुर। राष्ट्रिय संगीतकर्मी संघको चौथो केन्द्रिय महाधिवेशनवाट निर्वाचित पदाधिकारीहरुको सम्मानमा भव्य लोकदोहरी सांगीतिक कार्यक्रम भएको छ।

ललितपुरको चुनिखेलमा राष्ट्रिय संगीतकर्मी संघ ललितपुर शाखा तथा चुनिदेवी युवा क्लवको संयुक्त आयोजनामा विविध सांस्कृतिक लोकदोहरी कार्यक्रम भएको हो।

जसमा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय पदाधिकारीहरुको अलावा ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामालाई सम्मान गरिएको थियो।

नेपालका ख्यातिप्राप्त लोकदोहरी गायक नवराज घोरसैनी, गायिका उमा श्रेष्ठ, बर्षा सिलवाल, गीतादेवी, शर्मिला श्रेष्ठ, अमृत खाती, सरिता प्रजापति, रोमा न्यौपाने लगायतले गीत गायन तथा क्यारिकेचरवाट तहल्का नै मच्चाएका थिए।

लोकदोहरीको तहल्काले उपस्थित दर्शकहरुलाई उफार्नु उफारेको थियो। सिमसिमे पानीमा पनि मज्जाले रुझेरै भएपनि नाच्नेको कमी थिएन। आयोजक राष्ट्रिय संगीतकर्मी संघ ललितपुर शाखाका अध्यक्ष धनीराम मुस्कानको मुस्कानरुपी क्यारिकेचर, नाच तथा गायनले पनि तहल्का नै मच्चाएको थियो।

प्रकाशन मिति–२०७५ साल जेठ २० गते आइतवार ।