काठमाडौ। अमेरिकामा रहेकी नेपालकी ख्यातिप्राप्त मोडल तथा नर्स रिमा केसीको बेजोड अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको छ। रिमाको जन्म दिनको अवसर पारेर अमेरिकावाटै युट्युब मार्फत विश्वव्यापी रिलिज भएको हो।

गायिका ऋतु कंडेल गायन रहेको ऋतुका फुल बोलको गीतको म्युजिक भिडियोको रिलिज भएको जानकारी अमेरिकावाट रिमाले भिजन संसारलाई दिएकी छन्।

बीरेन्द्र राईको शव्द तथा दीपक सिलवालको संगीत रहेको यस गीतको भिडियोमा रिमाको साथमा राहुल केसी, राहुल, सुमिनाचेतना,गुराँस निरौला लगायतको अभिनय रहेको छ।

भिडियोको छायाँकन नेपालका ख्यातिप्राप्त ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठले गरेका हुन्। कोरियोग्राफी नविन केसी र सम्पादन सुदन बस्नेतले गरेका हुन्।

भिडियो यस्तो रहेको छ–

प्रकाशन मिति–२०७५ साल जेठ २० गते आइतवार ।