काठमाडौ। नेपाली आधुनिक गीत गायन क्षेत्रकी अब्बल गायिका देशु गोलेको हाम्रो नेपाल राम्रो नेपाल भन्ने बोलको गीत यतिखेर व्यापक चर्चामा रहेको छ।

यो गीत चौथो सुन्दरादेवी सन्देश म्युजिक अवार्डको टप फाइभमा पर्न सफल भएको छ। राष्ट्रिय भावले ओतप्रोत गायिका देशुको स्वरमा सजिएको यस गीतमा देशु गोलेका साथमा गायक सुरेस लामाको गायन रहेको छ।

शब्द दिग्गज धौरालीको रहेको छ भने संगीत अर्जुन पोखरेलले दिएका छन्। यही जेठ २६ गते काभ्रेको बनेपामा हुने अवार्ड कार्यक्रममा गायिका देशुको यो गीत प्रतिस्पर्धामा रहेको छ।


प्रकाशन मिति–२०७५ साल जेठ २० गते आइतवार ।