prachanda-and-modi-meet-1

काठमाडौ। भारतको चारदिने भ्रमणमा दिल्ली पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको आज दोश्रो दिन शुक्रबार दिल्लीको हैदराबाद हाउमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता भएको छ।

नेपाल र भारतका दुवै प्रधानमन्त्रीको वान टु वान बार्ता सकिएको दिल्ली समाचारदाताले बताएको छ। दुवै देशका प्रधानमन्त्रीहरुले दुई देशको संवन्धको बारेमा खुलेर बार्ता गरेको समाचारदाताको भनाई रहेको छ।

विशेषत नेपालको नयाँ संविधान निर्माणको उपलव्धीको व्याख्या तथा बर्तमान सरकारले नेपालका मधेसी र थारु समुदायका माग संवोधन गर्न गरिएको प्रयासको प्रशंशा गर्ने कार्य भारतीय प्रधानमन्त्रीवाट भएको बताइएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ ३१ गते शुक्रबार ।