काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन ओली बिहीबार दिउँसो दिल्ली प्रस्थान गरेका हुन्।

भारतमा सम्पन्न लोकसभा निर्वाचनमा अत्यधिक बहुमतप्राप्त गरेपछि प्रधानमन्त्री मोदी दोश्रोपल्ट पनि भारतको प्रधानमन्त्री बनेका छन्। मोदीको आज विहीवारसाँझ ७ बजे राष्ट्रपति भवनमा सपथ ग्रहण भएको छ। सोही सपथ ग्रहणमा भाग लिन नेपालका प्रधानमन्त्री ओली भारत पुगेका हुन्।

मोदीको सपथमा सहभागी हुन नेपालका प्रधानमन्त्री ओलीको अलावा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यानमारका राष्ट्रपति, थाइल्याण्डका मन्त्री, भुटानका प्रधानमन्त्री लोटे टिसिरिङ, मरिससका प्रधानमन्त्री, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद पनि नयाँदिल्ली पुगेका छन्। मोदीले सपथ समारोहमा बिमस्टेक सदस्य राष्ट्रका प्रमुखलाई मात्र बोलाएका हुन्।
प्रकाशन मिति–२०७६ साल जेठ १६ गते विहीवार ।