काठमाडौं। खरिद दरभन्दा कम दरमा बेच्दैआएको भन्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा पेट्रोल दश रुपैया बढाएर १ सय ७० पुर्याएको निगमले मतगणना नसकिदै आज आइतवार राति १२ बजेपछि फेरि प्रतिलिटर १० रुपैया बढाएको सूचना जारी गरेको छ।

जसअनुसार, काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८० पुगेको छ। डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १० रुपैया बढाएर १ सय ६३ पुर्याएको छ। त्यस्तै खाना पकाउने ग्यासमा प्रति सिलिण्डर  १ हजार ८ सय मूल्य कायम गरेको छ।

आयल निगम घाटामा गएको बहाना पारेर चुनावी सरकारले नेपाली जनताको ढाड सेक्ने गरेर १५ दिनमा दुईपल्ट मूल्य बृद्धि गरेर चुनावी सरकारले ठूले इतिहास रचेको छ।

सरकारले खाइपाइ आएको इन्धनमा करछुट दिएर भएपनि तेलको मूल्य घटाउनु पर्ने बर्तमान अवस्थामा सरकार कानमा तेल हालेर मूल्य बृद्धिमाथि बृद्धि गर्नु भनेको नेपाली जनतामाथिको ठूलो बेइमानी हो भन्ने सर्वसाधारण सवैको आवाज गुन्जिन थालेको छ।

प्रकाशन मिति–२०७९ साल जेठ ८ गते आइतवार ।