काठमाडौं। गाईजात्रा पर्व सकेको सोमवार रातिवाट नेपाली जनताको ढाँड सेक्ने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्याँसको मूल्य बढाएको छ। सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले मूल्य बढाएको हो।

निगमले विज्ञप्ति जारी गर्दै भारतबाट नै मूल्य बढेर आएको जनाउँदै पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य २ रुपैँयाका दरले बढाएको हो। नयाँ कायम मूल्य अनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय १३ रुपैयाँ पुगेको छ भने आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाउँदै प्रतिकिलोलिटर ७ सय ७० अमेरिकी डलर कायम भएको छ।

यस्तै, खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ । नयाँ मूल्य सूची अनुसार अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय ५० रुपैँया कायम भएको छ।
प्रकाशन मिति–२०७८ साल भाद्र ७ गते सोमवार ।