काठमाडौं। विश्वको अग्लो शिखर सगरमाथाको महिला पत्रकार कल्पना महर्जनले दुईपल्ट सफलतापूर्वक आरोहण गरेकी छन्। पत्रकार महर्जनले पहिलो पल्ट सर्वोच्च शिखर सगरमाथामा नेपालवाट र दोश्रोपल्ट चीनको मोहडावाट सफलतापूर्वक आरोहण गरेर रेकर्ड राख्न सफलता प्राप्त गरेकी हुन्।

नेपालको मोहडावाट भन्दा चीनको मोहडावाट सगरमाथाको आरोहण गर्दा आफूलाई अलि सहज र सरल भएको बताउने पत्रकार महर्जनले सगरमाथाको आरोहणलाई बाल विवाह विरुद्धको अभियानलाई जोडेकी छन्। विश्वको अग्लो शिखर सगरमाथावाट बाल विवाह विरुद्धको आवाज बुलन्द गर्न दोश्रोपल्ट आफूले सगरमाथाको सफल आरोहण गरेको बताएकी छन्।

पहिलो पल्ट चारजना महिला पत्रकारहरुसंग सगरमाथा आरोहण गरेकी महर्जनले दोश्रो पल्ट एक्लै सगरमाथाको उच्च शिखर पुगेकी हुन्। त्यहाँ पुगेर बाल विवाहको विरुद्ध आवाजको बुलन्द गरेकी छन्। सगरमाथाको उच्च शिखरवाट बाल विवाहको आवाज बुलन्द गरेकी महर्जनले नेपालका गाउँ–शहरका प्रत्येक स्कुल–स्कुलमा शिक्षा दिन महाअभियानकै रुपमा पुगिरहेकी छन्। नेपालको अलावा विश्वका हरेक कुना–कुना पुगेर पनि यस विरुद्ध अभियानमा लागिरहेकी छन्।

पर्यटन पत्रकारका रुपमा उच्चता तथा दक्षता हासिल गरेकी सुप्रसिद्ध पत्रकार कल्पना महर्जनको जन्म ललितपुरको सिद्धिपुरमा भएको हो। सिद्धिपुरमा पहिलोपल्ट साइकल तथा स्कुटर चलाउने महिलामा कल्पना महर्जन नै हुन्। विवाह भने, ललितपुरकै चापागाउँ थेचोमा भएको हो। विवाह पश्चात पनि उतिकै जुझारु रुपमा लागिपरेकी पत्रकार महर्जन विवाह पश्चात अझ सफल भएकी हुन्। यसमा श्रीमान तथा परिवारको साथ अनि सहयोगलाई महर्जनले विर्सेकी छैनन्। उनै सफल सगरमाथा आरोही पत्रकार कल्पना महर्जनसंग गरिएको छोटो–मिठो भिडियो अन्तरवार्ता–

प्रकाशन मिति–२०७६ साल मंसीर १ गते आइतवार ।