Subhash Gole 2काठमाडौ। दुई स–साना छोरा–छोरीकी आमा एकाएक बेपत्ता बन्दा दुई बच्चाको बिल्लीबाठ भएको छ। अढाइ बर्षिया छोरी बारम्बार आमालाई खोजिरहन्छिन्। बाउ सुभाष गोले तामाङ्ग छोरीको त्यो अवस्थावाट विचल्लित बन्ने गरेको पाइन्छ। छोरीलाई उनको आमा आउंछ भनेर संझाउने प्रयास गर्छन्। तरपनि, असफल भएको देखिन्छ। ६ बर्षको छोरोले त जसोतसो मन बुझाएका छन्।

Subhash Gole 3छोरी बेलाबेलामा बेपत्ता बनेकी आमा साथमा नपाउंदा रुने गर्दा ज्यामी काम गर्दैआएका सुभाष गोले काममा पनि जान सकेका छैनन्। छोरा–छोरी हेर्नमा नै व्यस्त हुनु परेको छ। मिति २०७४ साल जेष्ठ १० गते बुधवारका दिन दिउंसो १ बजेवाट काठमाडौको बाफल चख्खुमार्ग स्थित डेरावाट बेपत्ता बनेकी बिबीमाया गोलेको खोजीको लागि श्रीमान सुभाष गोलेले त्यसको भोलिपल्ट महानगरीय प्रहरी परिसर काठमाडौको महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा श्रीमती हराएको जाहेरी निवेदन दिइसकेका छन्। प्रहरीले पनि खोजतलास गर्ने कार्य शुरु गरेका छन्।

Subhash Gole 7

महोत्तरी खरमारा स्थायी बसोबास भएका सुभाष गोलेको जिन्दगीमा आएको यो दरारले गोलेको निन्द्रा हराम भएको तीन दिन भैसकेको छ। तीन दिनअघि मात्र आफू डकर्मी काम गर्दैगरेको बालाजु स्थित काममा विहानको खाना डेरावाट लिएर खुवाउन आउने श्रीमती डेरा फर्केको लगत्तै एकाएक बेपत्ता बन्नु गोलेको लागि रहस्यमय भएको छ।

M/s Bibimaya Gole
M/s Bibimaya Gole

हाँसीखुशी रमाएर नै बाफलस्थित डेरामा फर्केको श्रीमती त्यसरी बेखवर होला भन्ने सोच्दैनसोचेको सुभाषको भनाई रहेको छ। स्कुल छुट्ने बेलासम्म पनि कसैले पनि बाफलकै स्कुलमा राखिएका छोराछोरीलाई लिन नपुगेपछि स्कुलले डकर्मी काम गर्दैगरेका सुभाषलाई फोन गरेपछि हतारिदै छोराछोरी लिएर डेरा फर्कदा डेरावाटै श्रीमती बेपत्ता भएको सुभाषले थाहा पाएका हुन्।

यसअघि बिबीमायाको मोवाइलमा ३० पल्ट भन्दा बढी फोन गर्दा पनि रिसिभ नगरेपछि बाँध्य बनेर डकर्मीको काम भाइलाई जिम्मा लाएर छोराछोरीको स्कुल पुगेका थिए। डेरामा पुग्दा बिबीमायाका लुगाफाटा थिएन। लुगाफाटा सवै पोका पारेर हिंडेको सहजै अनुमान लगाउन सुभाषलाई गाह्रो भएन।

त्यसपछि पनि पटक–पटक श्रीमतीको मोवाइलमा फोन गर्न पछि परेनन्। जति पल्ट फोन गरेपनि फोन नै रिसिभ नहुने भएवाट सुभाष हैरान बनेका थिए। अर्कोतर्फ दुवै छोराछोरीले आमालाई खोज्न थालेपछि सुभाष थप बेचैन बने । जुन बेचैनता सुभाषमा अझै कायम रहेको छ।

Subhash Gole 6

विसं.२०६७ साल जेष्ठ १२ गते सुभाष र बिबीमायाको मागी विवाह भएको हो। काठमाडौमा दुई छोराछोरीसहित ६ महिनाअघि मात्र बिबीमायालाई सभाषले ल्याएका हुन्। यसअघि बिबीमाया महोत्तरी खरमारा स्थित माइतिमा नै बस्दैआएकी थिइन्। सुभाषको घरमा बाउआमा कोही नभएको कारण काठमाडौमा ज्यामी काम गर्दैआएका सुभाषले बिबीमायालाई माइतिमा नै राख्नु परेको आफ्नो बाँध्यता रहेको सुनाउंछन्।

माइतिमा रहंदा बिबीमायाको एकजना केटासंग प्रेम भएको भन्ने गाइँगुइँ हल्ला चलेको भएतापनि आफूलाई त्यसकुरामा विश्वास नभएको बताउने सुभाष बिबीमायासंग आफ्नो कहिलेपनि झगडा नभएको जिकिर गर्छन्। नराम्रो बचन नलाएको पनि भन्छन्। कसैले ललाई–फकाई विदेशमा पो बेच्न लग्यो कि भन्ने आशंकामा रहेका सुभाष त्यस कुराले निक्कै पिरोलिएका छन्।

श्रीमती बिबीमायाको खास खवर पाउन नसकेर बेचैन बनेका सुभाष छोरीलाई च्याप्दै बेला–बेलामा भक्कानिने गरेका छन्। बिबीमायालाई जहाँभएपनि बास्तविक खवर गर्न सुभाष बिन्ती गर्छन्। मेरो लागि नभएपनि यी दुई स–साना लालाबालाको लागि भएपनि एक कल गर्न सुभाषले बिबीमायालाई भिजन संसार मार्फत अनुरोध गरेका छन्। 

प्रकाशन मिति–२०७४ साल जेष्ठ १३ गते शनिवार ।