काठमाडौं। दुवै आँखा नदेख्ने दृष्टिविहिन राजु तामाङले स्नातकसम्म अध्ययन गरेका छन्। सवैकी आमा अनि हजुरआमाहरुको पनि आमा दिलशोभा आमाको आमाघरमा आश्रित बनेर एसइइ देखि स्नातकसम्म अध्ययन गरेर आफूलाई सक्षम बनाउने कार्य राजु तामाङले गरेका छन्।

जन्मजात आँखा नदेख्ने राजु तामाङको जन्म नुवाकोटको विकट गाउँमा भएतापनि रेडियो तथा एफएममा आमाघरको बारेमा सुनेर र बुझेर आमाघरको आश्रयमा आएका राजु तामाङलाई दिलशोभा आमाले संरक्षण दिएर सक्षम बनाइदिएका हुन्। यतिखेर दुई छोरीका पिता समेत बनिसकेका छन्।

राजु तामाङको प्रेम विवाह भएको हो। रेडियो एफएमको माध्यमवाट चिनाजानी भएको साथीसंगै गहिरो प्रेम भएपछि सात बर्ष अगाडि विवाह गरेको बताउने राजु तामाङले परिवार पाल्न अगरबत्ती बेच्ने गरेका छन्। अगरबत्ती बेचेर आएको कमाइवाट परिवार खासै पाल्न सकेको छैन्। यसले गर्दा अझैपनि आमाघरको आश्रयमा आएर आमाघरको सहयोगमा नै परिवार चलाइरहेका छन्।

लोकदोहरी साँझमा काम पाएमा गर्ने सोचमा रहेका राजु तामाङ राम्रो गीत पनि गाउंछन्। बीएडको अध्ययन गरिरहेका राजु तामाङको चाहना लोकदोहरी साँझमा गीत गाउने काम गर्न चाहन्छन्। तर, लोकदोहरी सांंझमा दृष्टिविहिनहरुलाई गाउन भन्दा बजाउने काम मात्र दिने भएकोले बजाउन नजानेकोले काम नपाएको गुनासो छ।

यिनै दृष्टिविहिन राजु तामाङको भिडियो न्यूज रिपोर्ट यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ–

प्रकाशन मिति–२०७६ साल मंसीर २ गते सोमवार ।