देवदह (रुपन्देही)। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा देवदहमा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ। शुक्रबार आयोजित रक्तदान कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागिता भएको रक्तदाता कर्माचार्यले भिजन संसार डटकमलाई बताएका छन्।

कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह नगर समिति र देवदह उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको हो। देवदह उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकाल र नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह नगर समितिका अध्यक्ष विजय गुरुङको संयुक्त सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कर्माचार्यवाट भएको हो।

कर्माचार्यले फूलको बिरूवामा पानी सिँचाई गरेर नौलो ढंगवाट कार्यक्रमको उदघाटन गरेका थिए। विशेषअतिथि देवदह नगरपालिकाका मेयर हिरा खत्री,अतिथिहरुमा रेडक्रस रुपन्देहीका मन्त्री कृष्ण पंगेनी,देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदमबहादुर थापा लगायतले शुभेँछा मन्तव्य राखेका थिए।कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्यलाई विशेष सम्मान पनि प्रदान गरिएको थियो।


प्रकाशन मिति–२०७५ साल साउन १८ गते शुक्रबार ।