Dhurba Sapkota in Dhurbako Pasal, Dillybazar,Kathmandu, Nepal.
Dhurba Sapkota in Dhurbako Pasal, Dillybazar,Kathmandu, Nepal.

काठमाडौ। ध्रुबको पसल भनेपछि काठमाडौमा पत्रिका हेर्ने र किन्ने पाठकहरुको लागि नयाँ नाम होइन। विगत ३१ बर्षदेखि निरन्तर काठमाडौको डिल्लीबजार बाटुलेघर जाने मोडमा सञ्चालन भैरहेको छ। ध्रुवको पसलमा पत्रिका हेर्न जाने तथा किन्न जानेहरु धेरै नै रमाउने गरेको पाइएको छ।

Dhurba ko Pasal 3

आम पत्रिका पसलका पसलेहरु जस्तो ध्रुवको पसलमा झर्कोफर्को व्यवहार पाइदैन। जो गएपनि जस्तोबेला पुगेपनि त्यहाँ राखिएका पत्रिकाहरु लाइब्रेरीमा हेरेजस्तो मज्जाले हेर्न पाइन्छ। यसलेगर्दा पनि ध्रुवको पसल जहिले पनि भीडभाड देखिने गरेको छ। विहान ७ बजे पसल खुलेदेखि ९ बजेसम्म पत्रिका किन्ने भन्दा हेर्नेहरुको ध्रुवको पसलमा अत्यन्त भीड लाग्ने गरेको छ।

Dhurba ko Pasal 7

लाग्छ–धु्रवको पसलमा सानोतिनो मेला नै लाग्ने गरेजस्तै हुन्छ। पत्रिका किन्नेहरुको जमात कम नै भएपनि ध्रुवको पसलका पसले ध्रुव सापकोटा झर्कोफर्को गर्दैैनन्। अझ सवै पाठकहरु पत्रिका रमाएर हेर्नेहरुको भीडले ध्रुव अत्यन्त रमाउने गर्छन्। पत्रिका हेर्न आउनेहरुको कमी भएको दिन चाहिँ अलि उनी खिन्न हुने गरेका छन्। पत्रिका पसललाई खुल्ला लाइब्रेरीको अवधारणा र व्यापार व्यवसाय दुवै गर्ने उदेश्यले त्यसप्रकारले पत्रिका पसल विगत ३१ बर्षदेखि नै शुरु गरेको र त्यो उदेश्य अनुसार पत्रिका पसल चलिरहेको दावी उनको रहेको छ।

Dhurba ko Pasal 2

 

फ्रीमा खुलेआम पत्रिका पढ्न लगाउंदा पाठकहरुले पत्रिका किनेर पढ्दैन र पत्रिका पसलको व्यापार घट्छ भन्ने आम पत्रिका पसलेको धारणा भन्दा फरक धारणा राख्ने उनी यसले अझ पत्रिका पसलको व्यापार बढाएको दावी गर्छन्। एकचोटी आउने पाठकहरु पनि बारम्बार आउने मोह हुने भएपछि एकदिन–दुईदिन पत्रिका नकिनेपनि तेश्रो दिन त अवश्य पनि ती पाठकले किनेरै पढ्ने गरेको आफ्नो लामो अनुभव भएको र धेरै भन्दा धेरै पाठकहरु क्रेता भन्दा बढी साथी जस्तो भएको अनुभव उनले सुनाएका छन्।

Dhurba ko Pasal 6

सामान्य सडकमा हिंड्ने बटुवाहरुदेखि कवि–साहित्यकार, पत्रकार, नेता, कलाकार तथा मन्त्रीसम्म पनि ध्रुवको पसलमा आउन रमाउने गरेको पाइएको छ। सवैको तारिफ र वाहवाही पाएका ध्रुवको पसलका पसले ध्रुव सापकोटा पसलवाटै पसले सेलिब्रेटी बनेका छन्। उनी सवैका प्यारा पत्रिका पसले गरेका छन्। उनी यसैमा गर्व गर्छन्।

Dhurba ko Pasal 4प्रकाशन मिति–२०७३ साल माघ ११ गते मंगलवार ।