काठमाडौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि तयार पारिएका स्वागतद्वारमा क्षति पुर्‍याएको छ। मोदीको स्वागतका लागि जनकपुर क्षेत्रमा बनाइएका स्वागतद्वारहरु आँधी र हुरीले ढालेका हुन्।

राम–जानकी मन्दिर र त्यहाँ आउने सडकका विभिन्न भागमा ठड्याइएका प्रवेशद्वार आज बुधवार बिहान साढे ३ बजेतिर आएको हावा–हुरीले ढालिदिएको हो। हावाहुरीसँगै आएको पानीले रंगभूमि मैदानमा पानी जमेको छ।

यसैगरेरधनुषासँगै महोत्तरीमा आएको हावाहुरीले आँपमा क्षति पुर्‍याएको छ ।हावाहुरीले चिचिला आँप झारिदिँदा किसान चिन्तित छन् । महोत्तरीमा धेरै घरको छानो उडाएको र रुख ढालेको जनाइएको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख २६ गते बुधवार ।