??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेपाल रत्न विभूषण नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण भण्डारीका छोरीहरु उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीलाई राष्ट्रपति भण्डारीले प्रदान गरेकी छन्।
नेपाल रत्न विभूषण नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण भण्डारीका छोरीहरु उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीलाई राष्ट्रपति भण्डारीले प्रदान गरेकी छन्।

काठमाडौ। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवस–२०७३ का अवसरमा २ सय ५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीले विभिन्न विधाका २ सय ५८ जनालाई विभूषण प्रदान गरेकी हुन्।

नेपाल रत्न विभूषण नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण भण्डारीका छोरीहरु उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीलाई राष्ट्रपति भण्डारीले प्रदान गरेकी छन्।

राष्ट्रपति भण्डारीले आफ्नो स्वर्गवासी श्रीमानको विभूषण मरणोपरान्त दुई छोरीहरुहरुलाई प्रदान गरिदा गंभीरता छाएको थियो। त्यसैगरी, राष्ट्र गौरव विभूषण पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण स्वर्गीय कोइरालाका बुहारी किरण कोइरालालाई राष्ट्रपति भण्डारीले प्रदान गरेकी छन्।

ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर
ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वप्रधानमन्त्री मरणोपरान्त सूर्यबहादुर थापा, पोष्टबहादुर बोगटी (मरणोपरान्त), ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, सर्वोच्च अदालतका पूर्वन्यायाधीश वैधनाथ उपाध्याय, प्रधानसेनापति रवीन्द्र क्षत्री, मुख्यसचिव डा.सोमलाल सुवेदीलाई राष्ट्रपति भण्डारीले विभिन्न नामका विभूषण प्रदान गरिन् ।

त्यसैगरी, गृहमन्त्रालयका सचिव लोकमर्दन रेग्मी, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना, अच्युत विष्टलाई पनि विभूषण प्रदान गरिएको छ ।

बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर
बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर

विभूषणबाट वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रपति कार्यालयमा प्रमुख स्वकीय सचिव भेषराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, मुटुरोग विशेषज्ञ डा.अरुण सायमी, पत्रकार सागर पण्डित, मोहन मानन्धर, गौतम श्रेष्ठ, दीपेन्द्र वान्तवालगायतलाई राष्ट्रपति भण्डारीले विभूषण प्रदान गरेकी छन्।

प्रकाशन मिति–२०७४ साल जेष्ठ १२ गते शुक्रबार ।