Local Election Campion 1काठमाडौ। यही वैशाख ३१ गते आइतबार हुने स्थानीय निर्वाचनको सन्देश लिएर मतदाता स्वयंसेविका र मतदाता शिक्षा कार्यकर्ताले आज बैशाख २ गते शनिवारदेखि मतदाताको ढोका ढकढक्याउन सुरु गरेका छन्।

उनीहरुले निर्वाचनको मौन अवधि सुरु हुनुअघि एक महिनासम्म मतदातालाई मतदान गर्ने, उम्मेदवार बन्ने र निर्वाचनमा विजयी भएपछि नेतृत्व सम्हाल्न सक्ने ढङ्गबाट मतदाता शिक्षा प्रदान गर्ने छन् । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि सामाजिक परिचालक, मातृशिशु स्याहार कार्यकर्ता र शिक्षक एवम् शिक्षिका गरी मुलुकभर २१ हजारको सङ्ख्यामा स्वयंसेवक खटाएको छ।

उनीहरु मतदाता शिक्षाका लागि आयोगले तयार गरेको पाँच प्रकारका पोस्टर, नेपालको संविधानमा निर्वाचन र यससँग सम्बन्धित केही जानकारी भएको हातेपुस्तिका, क्यालेन्डर, नमुना मतपत्रसहित बोकेर मतदातासमक्ष प्रस्तुत हुनेछन् ।

Local Election Campion 2प्रकाशन मिति–२०७४ साल बैशाख २ गते शनिवार ।