Hongkong Newar Bhoj 1काठमाडौ। नेवार समाज हङ्गकङ्गको आयोजनामा पहिलो पल्ट नेपाली नयाँ बर्ष २०७४ सालको अवसरमा भव्य नेवार भोजको आयोजना गरियो। हङ्गकङ्गमा आयोजित कार्यक्रममा हङ्गकङ्गमा रहेका प्राय नेवारहरुको अलावा गैरनेवारहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

Hongkong Newar Bhoj 6करिब २ सय जनाको सहभागिता रहेको कार्यक्रममा नयाँ बर्षको शुभकामना आदान–प्रदान गर्दै पलेटी कसेर हरियो पातमा उनेको परम्परागत नेवारी थाली लप्टेमा नेवारी भोज कार्यक्रम गरिएको थियो।

Hongkong Newar Bhoj 3नेपालवाट ल्याइएको विभिन्न सर–सामाग्री सहित नेपालकै अन्टीमा नेपालकै लोकल रक्सी नेवारी शैलीमा राखेर खुवाएको दृश्यले हङ्गकङ्गमा रहेका नेवार तथा गैरनेवार सवै रोमान्चित बनेको दावी हङ्गकङ्ग नेवार समाजका अध्यक्ष रचना प्रधानले भिजन संसारलाई प्रतिक्रिया दिएकी छन्।

Hongkong Newar Bhoj 2अध्यक्ष प्रधानका अनुसार यसप्रकारको भव्य कार्यक्रम पहिलो तथा अभूतपूर्व भएकोले सवैले यसप्रकारका कार्यक्रम बेलाबखत गर्नु पर्ने माग गरिएको छ। नेपालको भाषा, जाति तथा परम्परालाई प्रवासमा समेत उमंगसाथ हुनु र गर्नु अत्यन्त राम्रो तथा सह्रानिय कार्य भएको हङ्गकङ्गमा नै रहेका नेपाली गीत–संगीतका उस्ताद कृष्णभक्त महर्जनले भनेका छन्।

Hongkong Newar Bhoj 7गायक नागेन्द्र श्रेष्ठ त पहिलो पल्ट हङ्गकङ्गमा सार्वजनिक समारोहमा यसरी भव्य रुपमा नेवारी भोज खान पाएकोमा बडा मज्जा लागेको र हङ्गकङ्गमा पनि नेवार कल्चरलाई संरक्षण गर्न सकेकोमा गर्ब महशुश भएको सुनाउंछन्।

Hongkong Newar Bhoj 4प्रकाशन मिति–२०७४ साल बैशाख ५ गते मंगलवार ।