काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन नेपाली जनतालाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताएका छन्। भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने वताएका छन् । प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानि बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए। कोभिड–१९ विरुद्धको खोपले पनि सत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबै भन्दा सुरक्षित विधि रहेको प्रधानमन्त्री ओलीको भनाई रहेको छ ।

ओलीले अलि तातोतातो पानी लिदै नस लिदै नाक सफा गरेरै कोरोनालाई चैट पारिदिन सुझाब पनि दिन पछि परेनन्। नुन पानी, अम्बाका पात उमालेको पानीले गारगल गरेर कोरोना भगाउन पनि ओलीले सुझाब दिएका छन्। हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि नगर्ने भएकाले साबधानी अपनाउन ओलीले आग्रह गरेका छन् । अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दावी पनि प्रधानमन्त्री ओलीको रहेको छ।
प्रकाशन मिति–२०७७ साल चैत्र २६ गते विहीवार ।