Ganga Prasad Yadav
Ganga Prasad Yadav

काठमाडौ। क्यान्सरवाट पीडित भनिएका नेपालको व्यवस्थापिक संसदका उपसभामुख गंगा प्रसाद यादव स्वमुत्र सेवन गरेर त्यसको उपचार गरिरहेका छन्। केही बर्षअघि भारतको मुम्बईमा क्यान्सरको उपचारको क्रममा पुगेका उपसभामुख यादव पुग्दा त्यहाँ एक भारतीय नेतासँग उनको भेट भएको थियो।

त्यस भारतीय नेतालाई पनि क्यान्सर थियो। सोही नेताले उपसभामुख यादवलाई एउटा किताव दिए। सोही कितावमा लेखिएअनुसार गर्नु भनेपछि उपहारको रुपमा प्राप्त गरेको सोही किताव अनुरुप आफैले उपचार गर्दा क्यान्सरवाट मुक्ति पाएको नयाँ पत्रिकासँगको कुराकानीमा उपसभामुख यादवले भनेका छन्। स्वमुत्रपान नामक किताव अनुसार उपसभामुख यादवले स्वमुत्रपान गर्दैआएको भनेका छन्।

ganga-prd-yadav1

उपसभामुख यादब भन्छन्–‘स्वमुत्रपान’ शीर्षकको किताबअनुसार मैले बिहानै सुरुको र अन्तिमको छाडेर बीचको एक गिलास पिसाब खान सुरु गरेँ । सुरुमा त धेरै गाह्रो भयो। साह्रै दिङमिङ लाग्यो । पछि बिस्तारै बानी पर्दै गयो । यसका साथसाथै सात दिन, सातवटा गिलासमा पिसाब जम्म गरेर रोलक्रमअनुसार सात दिनपछि पहिलो दिनको पिसाब शरीरमा लगाउन थालेँ । तीन महिनासम्म नियमित स्वमुत्रपान गरेँ ।

पिसाबले मालिस पनि गर्दै गएँ । बिस्तारै शरीरमा आएका गाँठा, खटिरा सबै हराउँदै गए। तीन महिनापछि गालामा तीनवटा डल्ला देखियो । धेरैले बम्बई जान सुझाब दिए। तर, मैले सात दिन पुरानो पिसाबले डल्ला आएको ठाउँमा माड्न थालेँ।

दुई महिनापछि ती डल्ला पनि हराए। त्यसपछि पिसाब खान र लगाउन छोडिदिएँ । फलोअपका लागि तीन महिनापछि भारतमा आउनु भनिएको थियो। तर, म त्यसपछि अहिलेसम्म गएको छैन । औषधि पनि खाएको छैन। रक्सीबाहेक माछामासु सबै खान्छु । डाक्टरको सल्लाहअनुसार रक्सी भने केही वर्षअघिदेखि खान छाडेको छु। अहिले क्यान्सर लाग्नुभन्दा अगाडिकै जस्तो जीवनशैली छ । स्वस्थ छु। कुनै समस्या छैन।
प्रकाशन मिति–२०७३ साल मंसीर ४ गते शनिवार ।