daljeet-sripaliकाठमाडौ। नेपालका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले त्रिपुरेश्वरस्थित रंगशालाको ट्वाइलेट सफा गर्ने कार्य गरेका छन्। रंगशालामा बढेको फोहोरलाई सफा गर्ने अभियानको थालनी नै गर्ने प्रतिवद्धता जनाएका मन्त्री आफै लागेर सरसफाईमा टेवा दिने कार्य गरेका छन्।

daljeet-sripali-1मन्त्री श्रीपाइलीले रंगशालाभित्रको ट्वाइलेट वाहेक खेल मैदानको सफाई गर्ने कार्यमा पनि उत्तिकै मेहनत गरेको पाइयो। मन्त्री श्रीपाइलीको जोशिलो यो कार्यले राष्ट्रिय खेलकुद परिषद तथा खेलकुद मन्त्रालयका खेलाडी र कर्मचारीहरु अत्यन्त उत्साहित बनेको देखियो।

नेकपा माओवादी केन्द्र नेता पोष्टबहादुर बोगटीको दोश्रो स्मृति दिवसको अवसर पारेर गरिएको रंगशाला सरसफाई अभियानमा मन्त्री श्रीपाइलीको त्यसप्रकारको जोश देखिएको हो।
प्रकाशन मिति–२०७३ साल भदौ ३१ गते शुक्रबार ।