लण्डन। फर्स्ट एडुकेट नेपाल एफइएन यूकेले बेलायतमा च्यारिटी कार्यक्रम सञ्चालन गरी नेपालका गरिब जेहेन्दार विद्यार्थीहरुको हकहितमा काम गर्दै आइरहेको छ। यिनै फर्स्ट एडुकेट नेपाल एफइएन यूकेले आउने अक्टोवरमा विश्वको अग्लो शिखर सगरमाथा क्षेत्रमा च्यारिटी च्यालेन्ज कार्यक्रम गर्ने भएकोे छ।

संस्थाका संस्थापक तेन्जी लामा पाख्रिनले गरिब, घरवारविहिन, र सीमान्तकृत बालबालिका तथा परिवारको शिक्षादीक्षा र सचेतनाकोे निम्ती काम गर्दै आइरहेको संस्थाले उनीहरुको बृत्तिविकासको निम्ती नयाँ अभियान शुरु गर्न लागेको बताएका छन्। अक्टोबर ४ देखि २१ गतेसम्म सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रका तीन उक्च पासहरुको ट्रेक गरेर च्यारिटी च्यालेन्ज कार्यक्रम गर्न लागिएको छ।

कोङमा ला ५५५० मिटर, चो ला ५४२० मिटर र रेन्जो ला ५३६० मिटर क्षेत्रमा च्यारिटी च्यालेन्ज राख्न लागिएको हो। संस्थापक लामाका अनुसार, सन् २०१३ मा स्थापना भएको एफइएन यूकेले हालसम्म धेरै बालबालिकाहरुलाई शिक्षादीक्षा, स्वास्थ्य सचेतना, काम र आवास व्यवस्था गरिसकेको छ।
प्रकाशन मिति–२०७७ साल पुस १८ गते शनिवार ।