prachanda-gagan-thapaकाठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगन थापाले नयाँ बर्षको पहिलो दिन रक्सी नखाने प्रतिवद्धता जनाएका छन्।

‘जीवन नै पहिलो’ भन्दै स्वास्थ बन्ने प्रतिवद्धतासहित प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले रक्सी नखाने प्रतिवद्धता जनाएको हो। स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी भई प्रधानमन्त्री दाहाल र स्वास्थ्य मन्त्री थापाले यस्तो प्रतिवद्धता जनाएका हुन्।

सरुवाभन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन र जनचेतना जगाउन मन्त्रालयले कार्यक्रमको आयोजना गरेको थियो । पदयात्रा कार्यक्रममा प्रधानमन्त्रीका साथै उर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्य मन्त्री गगन थापा, नायिका मनिषा कोइराला, स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती लगायतको सहभागिता रहेको थियो।
प्रकाशन मिति–२०७४ साल बैशाख २ गते शनिवार ।