Apatka Debata 7काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता तथा आपतका देवता नामले पनि परिचित प्रेमसागर कर्माचार्य नेपालमा भारतको नाकाबन्दी यता त्यति मोटरसाइकल चढ्ने गर्दैनन्।

कर्माचार्यको मोटरसाइकल थन्किएको बर्षौ हुन लागिसकेको छ। मोटरसाइकलको सट्टा साइकल चढ्ने बानीको शुरुवात गर्न थालेको भिजन संसारसंग शनिवारको फुर्सदको भेटघाटमा बताएका छन्। नेपाल स्वयम सेवी रक्तदाता समाजका अध्यक्ष कर्माचार्य रगतको कारण कोही कसैले पनि अकालमा ज्यान जानवाट रोक्न हरसमय अलर्ट भएर बस्ने गरेका छन्।

Apatka Debata 6

कुनैपनि बेला कसैलाई जुनसुकै ग्रुप–समूहको रगत आवश्यक परेमा जसरी भएपनि खोजेर उपलव्ध गराएर ज्यान जोगाउने कार्य गर्दैआएको कारण कर्माचार्यलाई आपतको देवता भनिएको हो। यिनै आपतको देवता आपतकालिन अवस्थामा साइकलमा सर्रर जहाँपनि पुग्ने गरेका छन्। अत्यन्त इमरजेन्सीको बेलामा मात्र छोरा परभसको मोटरसाइकलमा हिड्ने गरेका कर्माचार्य साइकलको यात्रालाई शरीरलाई स्वस्थ बनाएको र अनावश्यक तौल बढ्नवाट नियन्त्रण गरेको अनुभव सुनाउंछन्।

Apatka Debata 5

काठमाडौको विशालनगर चण्डोलस्थित विशाल मिलन केन्द्रले केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका कर्माचार्यको मुक्तकण्ठले उक्त केन्द्रका पूर्वअध्यक्ष तथा स्थानिय सामाजिक अगुवा दिव्यमणि दीक्षितले प्रशंशा गरे। दीक्षित कर्माचार्यलाई आपतका देवताको रुपमा नामाँकरण गरेको सही र तथ्यगत भएको भन्छन्। नेपाल स्वयमसेवी रक्तदाता समाजको पूर्वअध्यक्ष समेत रहेका दीक्षित उमेरको कारणले आफूले रक्तदान गर्न नपाएतापनि रक्तदान गर्न र गराउन हरदम आफू क्रियाशील रहेको सुनाउछन्।

Apatka Debata 1

उनले रक्तदानको लागि पर हट्नेहरु नै आपतको बेला रगतको लागि रोइकराइ गर्न आउने गरेको पाइएको अनुभव आफूसंग प्रशस्तै रहेको सुनाउंछन्। उमेरले साथ दिएसम्म धेरैपल्ट रक्तदान गरेको तथा प्रेमसागर कर्माचार्यले जस्तो १ सय ४५ पटकको रक्तदानको रेकर्ड राख्न नपाएको भन्छन्। सवैलाई प्रेमसागर कर्माचार्य जस्तो बनेर स्वयमसेवी बन्न प्रेरित गर्ने कार्य उनीवाट भएको पाइएको छ।

प्रस्तुत छ–फोटो फिचर ।

Prem-Sagar-Karmacharyas-145-blood-Donation 1Apatka Debata 4

Apatka Debata 1

Apatka Debata 5

 

प्रकाशन मिति–२०७२ साल चैत्र २० गते शनिवार ।