काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सम्मानित बनेका छन्। मेयर शाक्य शनिबार शाक्य महाविहार संघबाट क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सम्मानित बनेका हुन्।

काठमाडौं महानगरपालिकाका ए‍ेतिहासिक, पुरातात्विक, वास्तुकलात्मक, धार्मिक, साँस्कृतिक, प्राकृतिक तवरले महत्वपूर्ण बहाः,बही, मठ, देगल, सतल, फल्चा जस्ता मूर्त सम्पदाको पुनर्निर्माणमा अनवरत पहल कदमी तथा सहयोगमा अग्रताको दिएको योगदानको कदर स्वरुप संघको छैठौं साधारण सभा तथा दोस्रो महाधिवेशनको अवसरमा मेयर शाक्यलाई सम्मानित गरिएको हो।

मेयर सम्मान कार्यक्रममा बागमती प्रदेश सभाका लोकप्रिय सांसद एवम् पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री डा.अजयक्रान्ती शाक्य, गुठी संस्थानका प्रमुख किरण शाक्य, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, काठमाडौं महानगरपालिका वडा नंबर २५ का वडा अध्यक्ष एवं नेपाली कांग्रेशका महानगर समितिका सभापति नीलकाजी शाक्यलगायतको विशेष उपस्थिति थियो ।
प्रकाशन मिति–२०७८ साल चैत १९ गते शनिवार ।