काठमाडौं। पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेपनि कमिसनमा बृद्धि नगरेको कारण आन्दोलनरत एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी तथा उद्योगीको आन्दोलन फिर्ता भएको छ। नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि व्यवसायीहरुले आन्दोलन स्थगन गरेका हुन्।

आन्दोलनको कारण काठमाडौं उपत्यका लगायतका स्थानमा पेट्रोलियम पद्धार्थको शनिवार व्यापक अभाव भएको थियो। नेपाल आयल निगमसंग आन्दोलनरत व्यवसायीहरुको शनिवार नै सहमति भएपछि आइतवार विहान ८ बजेदेखि पेट्रोलियम पद्धार्थको ढुंवानी तथा विक्री वितरणमा सहजता आउने दुवैपक्षले जनाएको छ। उपभोक्ताहरुलाई पनि आतिएर यो गर्मी महिनामा अनावश्यक पेट्रोलियम पद्धार्थको संचित नगर्न पनि भनिएको छ।

प्रकाशन मिति–२०७८ साल चैत १९ गते शनिवार ।