काठमाडौ। बारा र पर्सामा हावाहुरी र असिना–पानीको कारण ठूलो जनधनको क्षति भएको छ । आज साँझ परेको मेघगर्जन र हावाहुरीसहित असिनापानीका कारण २५ जनाको मृत्यु भएको छ, भने ठूलो संख्यामा घाइते भएका छन्। बारामा २४ जना र पर्सामा १ जना गरेर २५ जनाको मृत्यू भएको प्रहरीले जनाएको छ।

अहिलेसम्म घाइतेहरुको एकिन भने गर्न नसकिएको पनि प्रहरीको भनाई रहेको छ। घाइतेहरुले नारायणी अस्पताल भरिएको छ। बारा र पर्साका विभिन्न स्थानमा आएको हावाहुरीका कारण २५ जनाको मृत्यु भएको र ४ सयभन्दा बढी घाइते भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरेका छन्। हावाहुरीले सडकमा रुखहरु ढालेकोले उदरमा समस्या परेको प्रहरीले जानकारी दिएको छ। प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले जिल्ला प्रहरी कार्यालयलाई उद्यारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन्।

सुरक्षा अधिकारीहरुका अनुसार तिब्र गतिमा आएको हुरीबतासले जिल्लाको भलोहीभर्वोलिया र पर्सौनीमा सर्वसाधारणले ज्यान गुमाएका हुन । तिव्र गतिमा आएको हुरीका कारण ढलेका विजुलीका पोल, रुख र घरका पर्खालमा च्यापिएर घरभित्र बसेका उनीहरुको मृत्यु भएको थियो। हुरिबतासका कारण पचास जना भन्दा बढी घाइते भएको अनुमान छ।

 

मृत्यु हुने र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ऑधि–हुरीबाट धनजनको अकल्पनीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्। उद्धारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन समेत प्रधानमन्त्रीले निर्देशन गरेको ट्विटमा उल्लेख छ।
प्रकाशन मिति–२०७५ साल चैत्र १७ गते आइतवार ।