काठमाडौं। दुई तिहाइको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। अकल्पिनिय रुपमा राजनीतिक खिचातानीमा परेका प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि राष्ट्रपतिवाट संसद विघटन गरेकी हुन्।

वर्तमान संसद विघटन गरी प्रतिनिधिसभाको नयाँ निर्वाचनका लागि मिति पनि राष्ट्रपतिले तोकेकी छन्। नयाँ निर्वाचन विसं.२०७८ बैशाख १७ र २७ मा दुई चरणमा गर्ने गरी तोकिएको छ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ ।

प्रकाशन मिति–२०७७ साल पुस ५ गते आइतवार ।