काठमाडौं। दुई तिहाइको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अकल्पिनिय रुपमा संघीय संसद्को प्रतिनिधिसभा विघटन गराएपछि त्यस निर्णयविरुद्ध काठमाडौंलगायत मुलुकका विभिन्न शहरमा प्रदर्शन भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै आइतबार दिउँसो ३ बजेदेखि काठमाडौंको घण्टाघरस्थित त्रि–चन्द्र कलेजवाट नेविसंघ समर्थित विद्यार्थीहरु तथा माइतीघर क्षेत्रमा नेकपासम्बद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता उत्रिएर प्रदर्शन गरेका छन्।

सतारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्ड वीच प्रधानमन्त्रीको खिचातानीका कारण संसद विघटन जस्तो अकल्पिनिय कार्य भएपछि सत्तापक्ष तथा विपक्ष त्यसविरुद्ध प्रदर्शनीमा उत्रिएका हुन्।


तस्वीर साभार–कान्तिपुर ।
प्रकाशन मिति–२०७७ साल पुस ५ गते आइतवार ।