Nepali Congress
काठमाडौ। नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको विद्यमान समस्याको निकासको समाधानको बारेमा बोलाइएको बैठकमा आन्दोलनरत मधेशी मोर्चा पुगेतापनि नेपाली कांग्रेसले बहाना बनाएरै सहभागिता जनाएन। सोमवार राष्ट्रपति निवास शितल निवासमा भएको बैठकमा कांग्रेसी नेता सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई निम्तो दिएको भएतापनि तीनैजनाले स्वास्थ्यको कारण देखाएर बैठकमा सहभागी बनेनन्।

 

केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि मुलुकलाई सही निकास दिन कांग्रेस अर्घेलो बन्दैआएको छ। मुलुकको समस्यामा कांग्रेस गंभीर नबनेको आरोपको समेत नेपाली कांग्रेसले बेवास्ता गरिरहेको छ। कांग्रेसले चाहेको भए मुलुकको समस्या तुरुन्तै समाधान हुने देखिएतापनि किन कांग्रेस अर्घेलो बनिरहेको छ भन्ने कुरा शंकास्पद हुन थालेको राष्ट्रपतिको बैठकमा सहभागी नेताहरु वीच नै खासखुस्स भएको बताइएको छ

सहभागी दलका नेताहरुसंग छलफल गर्दै राष्ट्रपति भण्डारीले भूकम्प पीडितको अवस्था दयनीय हुँदै गएको, पुनर्निर्माण प्राधिकरण सम्बन्धी विधेयकमा भइरहेको ढिलाई, एक महिनादेखि संसदमा भएको अवरोध जस्ता विषयमा नेताहरुको ध्यानाकर्षण गराएकी हुन् ।

Bidhya Bhandariसंविधान कार्यान्वयनका कामको शुरुवातसम्म हुन नसकेको र स्थानीय निकायको निर्वाचनको सन्दर्भ समेत उठ्न नसकेको विषयमा पनि उनले जिज्ञासा राखेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिए। जवाफमा दलका नेताहरुले मधेस आन्दोलन समाधान तथा पुनर्निर्माण विधेयक पारित गर्नका लागि सहमतिको प्रयास भइरहेको बताएका थिए।

प्रकाशन मिति–२०७२ साल मंसिर २९ गते मंगलबार ।