काठमाडौं। भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी क्षेत्र आफ्नोतिर पारेको छ। नेपालमा त्यसको चर्को विरोध भइरहेको छ। चीनले नेपाल र भारतबीचको जारी सीमा विवादका विषयमा पहिलोपटक औपचारिक प्रतिक्रिया जनाएको छ।

चीनले कालापानी क्षेत्रको सीमा विवाद नेपाल र भारतबीचको मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यमबाट सुल्झाउनुपर्ने जनाएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमिकता र भौगोलिक अखन्डताको चीनले सदैव सम्मान गर्ने जनाइएको छ।

चीनले पनि नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै गरिएको दाबी आधारहीन भएको र सही र गलतबीच पूर्णत भ्रम सिर्जना गरी मानिसको ध्यान अन्यत्रै मोड्ने उद्देश्य देखिएको दूतावासका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशन मिति–२०७६ साल कात्तिक २८ गते विहीवार ।